कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदा नेपाल सरकारको १ करोड २९ लाख ५० हजार रूपैयाँ खर्च भएको छ । सो रकम अर्थमन्त्रालयले राष्ट्रपति कार्यालयलाई रकमान्तर गरेर भुक्तानी गरेको छ ।
अर्थमन्त्रालयले कतारका आमिरको नेपाल भ्रमणका क्रममा राष्ट्रपति कार्यालयबाट भएको दायित्व भुक्तानी गर्न सो रकम रकमान्तर गरी दिइएको जनाएको छ ।
उक्त रकम भोज, स्वागत सत्कार बिदाईको खर्च भएको बताइएको छ ।






