Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

लगानीकर्ताहरू विश्वस्त देखिँदा आइतबार दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेर ११३ अंकले बढेको सेयर बजारमा सोमबार भने करेक्सन देखिएको छ।

सोमबार २०.६३ अंकले घटेर बजार २६६१.०९ बिन्दुमा झरेको छ। ७० कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ।

आइतबार १५ अर्ब ८१ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो ।

बजारमा करेक्सन देखिँदा नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रो, बाराही हाइड्रो, जानकी फाइनान्स, गणपति लघुवित्त उच्च कमाउने शीर्ष कम्पनीमा परेका छन् ।