साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ विन्दुमा बन्द भएको छ।

यो विन्दु गत २८ महिनायताकै उच्च विन्दु हो। यसअघि २०७८ चैत १६ गते २५६८.२६ विन्दुमा नेप्से पुगेको थियो।

यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

बुधबार १६ अर्ब २० करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रूपैयाँको कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब ४२ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३२० वटा धितोपत्रको तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको हो।