नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा थियो।
आज युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ४० पैसा निर्धारण भएको छ।







