मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय २९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।