Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ ।

आज बजार ५.३७ अंकले घटेर  २०६२ विन्दुमा पुगेको पाल स्टक एक्सचेन्जले जनाएको छ ।

आइतबार बजार घटे पनि ४ अर्ब ३७ करोडको सेयर कारोबार भएको छ । ९५ लाख ६१ हजार कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।

आज ७८ कम्पनीको सेयर बढे पनि १६४ कम्पनीको घटेको र ५ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।