मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

सोमबारदेखि स्थिर रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।