नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला चार हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय २५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।