बुधबार नेप्से परिसूचक ५.५८ अंकले घटेको छ।
यसदिन नेप्से ०.२६ प्रतिशतले घटेर २०७९.७१ विन्दुमा बन्द भएको छ।
यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
मंगलबार चार अर्ब आठ करोड ४७ लाख १५ हजार ८७७ रूपैयाँको कारोबार भएकोमा बुधबार तीन अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९२ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९ करोड रूपैयाँ कमी आएको हो।
यस दिन ३०६ वटा धितोपत्रको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन भगवती हाइड्रोपावको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९९४ रूपैयाँ ४० पैसा कायम भएको छ।






