कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्।
कँडेललाई प्रदेश प्रमुख परियारले मंगलबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
यसअघिका माओवादीबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले चैत २१ गते पदबाट राजीनामा दिएका थिए।






