राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन्।
मंगलबार राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन्।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा मंगलबार दिउँसो भएको निर्वाचनमा दाहाल निर्वाचित भएका थिए।
शपथ ग्रहणपछि उनी सहिद स्मारक लैनचौरमा सहिदको शालिकमा माल्यार्पण गर्न गएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्।
कांग्रेसका शर्मालाई लोसपाले पनि साथ दिएको थियो। यसअघि शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। उक्त प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत आएको थियो।






