भुटानले अगस्ट २६ को विनाशकारी बाढीपछिको राहत तथा पुनःस्थापनाका लागि नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड भारतीय रुपैयाँ सहयोग गरेको छ।
यो सहयोग भुटानका राजाको शाही आदेशमा गरिएको हो। भुटानले नेपालसँगको मित्रता र ऐक्यबद्धता व्यक्त गर्दै मृतक परिवारप्रति समवेदना र प्रभावित समुदायप्रति सहानुभूति जनाएको छ।
यो आर्थिक सहयोगले बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यसले नेपाल–भुटानबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई पनि उजागर गरेको छ।






