पर्सा, ९ नोभेम्बर । पर्सा जिल्लाको पकहमैनपुर गाउँपालिका वडा नं. २ निवासी ८ वर्षीय कुन्दन साहनीको सोमबार बिहान पटाका विस्फोटबाट छातीमा गम्भीर चोट लागेर मृत्यु भएको छ।
स्थानीय प्रहरीका अनुसार बालक घरअगाडि करिब बिहान ८ बजे पटाका पड्काउँदै थिए। उनले पटाकालाई फलामे पाइपभित्र राखेर बालेका थिए। पटाका पड्किएपछि पाइपका दुवै छेउबाट तीखा टुक्राहरू उडेर उनको छातीको बीच भागमा ठोक्किएको थियो।
घटनालगत्तै उनलाई वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर उपचारका क्रममा चिकित्सकहरूले बिहान ८:४५ बजे उनलाई मृत्यु भएको घोषणा गरे।
पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जनाए अनुसार बालकले फलामे पाइपभित्र पटाका राखेर बालेका कारण विस्फोट हुँदा टुक्राहरू दुवै दिशाबाट उडेर आएका थिए। यसले छातीमा गहिरो चोट पु¥याएको थियो।
यो घटनाले पटाका प्रयोग गर्दा हुने गम्भीर जोखिम र विशेष गरी धातुका वस्तुभित्र राखेर पड्काउँदा हुन सक्ने खतरा औंल्याएको छ। अभिभावकहरूलाई बालबालिकालाई पटाकासँग खेल्न नदिन र सुरक्षित तरिकाले मात्र प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।






