तिब्बतबाट भोटेकोशीमा प्रवेश गरेको विनाशकारी बाढीपछि त्रिशुली र नारायणी नदीबाट जम्मा ६४ शव तथा मानव अवशेष भेटिएका छन्। प्रहरीका अनुसार यी पूर्ण शव र शरीरका टुक्राहरू दुवै छन्।

भेटिएका शवहरू भरतपुर अस्पतालको मोर्गमा राखिएका छन्। चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार तनहुँबाट भेटिएका ९ शव चितवन पठाइएका थिए तर मोर्गमा ठाउँ नभएकाले फिर्ता पठाइएको छ।

जिल्लाका तीनै सुरक्षा निकायले नदी किनारमा खोजि कार्य जारी राखेका छन्। थप शव व्यवस्थापनका लागि औद्योगिक प्रतिष्ठानको कार्यालयमा ठाउँ प्रयोग गर्ने तयारी गरिएको छ।