खुला कुराकानी गर्नुहोस् उनीहरूलाई डराउँदैनन्, गाली गर्दैनन्, बरु साथीको जस्तै कुरा गर्नुहोस्। उनीहरूका कुरा सुन्नुहोस्, सम्मान गर्नुहोस्।
रुचि अनुसार प्रेरणा दिनुहोस् TikTok, Instagram, YouTube मा उनीहरूले रुचाएका content creators मार्फत सकारात्मक सन्देश दिने क्रिएटरहरूलाई follow गर्न लगाउनुहोस् (जस्तै: motivation, education, skill-based Nepali channels)।
रचनात्मक काममा लगाउनुहोस्
Online courses (free को धेरै छन्: Coursera, Google Skillshop)
Gaming बाट टाढा राख्न esports, coding, graphic design सिकाउनुहोस्
Music, dance, art classes
साथीहरूको सर्कल राम्रो बनाउनुहोस् राम्रा साथीहरू भएको group मा जोड्नुहोस् (school clubs, NGO volunteering, sports team)।
डिजिटल साक्षरता सिकाउनुहोस् Fake news, propaganda, scam कसरी चिन्ने भनेर सिकाउनुहोस्। उनीहरूलाई “critical thinking” सिकाउनुहोस्।
आफै उदाहरण बन्नुहोस् तपाईंले मोबाइलमा घण्टौँ टिकटक हेर्नुभयो भने उनीहरूलाई के सिकाउनुहुन्छ? पहिला आफू अनुशासित हुनुहोस्।






