काठमाण्डौ – देशमा हाललाई ठूलो पानी पर्ने सम्भावना नगन्य रहेको मौसमविदहरूले जनाएका छन्। मौसमविद् शान्ति कँडेलका अनुसार अहिले मनसुन कोशी प्रदेशमा सीमित छ र सक्रिय अवस्था कमजोर देखिएको छ।

एक हप्ताअघि पूर्वी नेपालबाट शुरू भएको मनसुन हाल निष्क्रिय जस्तै रहेको छ, र आगामी केही दिनमा मात्र अन्य प्रदेशहरूमा फैलिने अनुमान गरिएको छ।

आज सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुन सक्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, बाढी वा डुबान हुने किसिमको भारी वर्षाको तत्काल खतरा छैन।